Search This Blog

Saturday, February 21, 2015

मातृभाषा दिवश



लघुकथा-
- रेडियो / एफ् एम् खोल्छु पचासौं स्टेसन घुमाउँछु कहिं कतै आफ्नो भााषामा कार्यक्रम बजेको मैले पाउँदिन ।
- टिभी खोल्छु सयौं च्यानल फेर्छु तर त्यहाँ नि कहिं आफ्नो भााषामा कार्यक्रम आएकोे मैले पाउँदिन ।
बरु बिदेशी (हिन्दी) भाषामा यथेस्थ गीत/कार्यक्रमहरु वजेको/आएको भेट्याउँछु तर स्वदेशमै वसेर पनि, देशकै मुटुमै बसेर पनि आफ्नो भाषामा भेट्याउदीन मैले ।
- क्याम्पस् जान्छु त्यहाँ पनि आफ्नो भाषाबाट कुनैपनि  विषयको अध्यापन हुँदैन ।
- स्कुल जान्छु त्यहाँ पनि आफ्नो भाषालाइ एकातिर पन्छाइ पढाउनु पर्ने मेरो बाध्यता ।
मलाइ आफ्नो भाषाबाट  कुरा गर्न सार्है नै उकुस् मुकुस् हुन्छ । यस्तैमा साथी राम जनमले भनेको कुरा याद आउँछ
"अरे पासा !! मलाइ नि बेला बेलामा यस्तै भइलिन्छ तब म दुइ चार दिन बिदावीदा लिइ गाँव गइ लिन्छु अनि म आफ्नो भाषाको तिर्खा मेटाइलिन्छु हाँ।"
राम जनम त गाउँ जान्छ आफ्नो तिर्खा मेटाउन तर म त शहरको बासिन्दा कता जाउँ ?? सुकिला मुकिला सु-संस्कृत भनाउँदाहरुको शहरको बासिन्दा म त । गाउँ बाट आएका शहरीयाहरु बाट वलात्कृत शहरको बासिन्दा म त । कता जाउँ यो तिर्खा मेटाउन ?? कहाँ जाउँ ????
अनि म फेसबुक खोल्छु त्यहाँ पनि आफ्नो भाषा भेट्याउन मलाइ हम्मे हम्मे नै पर्छ । अनि एउटा स्टाटस लेख्छु
"थौं हलिं मांभाय् न्हिया लसताय् सकल मां भाय्‌यात मतिना यानादिपिन्त भिंतुना ||
मांभाययात मतिना याय्
थौं छन्हुला थःगु मां भासं थन थःगु नुगः खँ च्वया स्टाटस् तयादिसं :)  "
(आज अन्तराष्ट्रीय मातृ भाषा दिवसको उपलक्ष्यमा समस्त मातृ भाषा प्रेमीहरुलाई शुभकामना
मातृ भाषालाइ माया गरौं
आज एक दिन त आफ्नो मातृ भाषामा यहाँ आफ्नो मनको कुरा लेखि स्टाटस् लेखौं :)  )
- 2015 feb 21 अन्तराष्ट्रीय मातृ भाषा दिवस

No comments:

Post a Comment