ब्रिफकेश लुछियो । च्यातियो । ब्रिफकेश हैन इज्जतै लुछिएको महशुस भो । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा देशकै बदनाम भो । जसरी द्रोपदीलाइ राज्य सभामा आफ्नो वस्त्र लुछिंदा शर्मले मुख लुकाउनै ठाउँ नपाएको थियो त्यस्तै भएको थ्यो त्यो दिन
Search This Blog
Tuesday, September 27, 2011
Friday, July 22, 2011
गथांमुगः र घण्टाकर्ण एकै होइन
गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । उ अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।
Wednesday, February 9, 2011
सगँ (सगुन)
विश्वमा हरेक जातजातिको आ-आफ्नै तरिकाको रिति-रिवाज, कला संस्कृति अनि
परम्पराहरु हुन्छन् । चाहे त्यो पपुआन्युगीनीको जंगली समाजमा होस् या अमेरीकाको
विकसित समाजमा आ-आफ्नै पाराको संस्कृति त
जुनसुकै समाजको पनि भई नै हाल्छ यस्मा कुनै शंका नै छैन । यस्ता हरेक परम्पराहरुको
आ-आफ्नै प्रकारको हतिहाँस र
महत्व हुन्छ । यस्ता परम्पराहरु कुनै बेतुकका हुन्छन् भने कुनै अति नै तार्किक
हुन्छन् । यस्तै एक परम्परा हो नेवार समाजमा "सगं" दिने परम्परा ।
"सगं" अर्थात सगुन कुनै पनि शुभ
कार्यको थालनी वा शुभ कार्य समापन गरिसकेपछी सो ब्यक्तिलाई आर्शिवाद वा स्याबासी
स्वरुप दिईने विषेश प्रकारको सम्मान हो । नेवार समाजमा सगं दुइ
किसिमले दिइन्छ ।
१. धौ सगं ( दहिको सगुन )
२. ख्येँ सगं ( अण्डाको
सगुन )
धौ सगँ
र्सव प्रथम सुकुन्दा बाली
स्थापना गर्ने र पूजा गर्ने । एक कटारो नयाँ नबिगारेको दहि, नयाँ लुगा/कपडा, एउटा सिङ्गो सुपारी, सिक्का-(पैसा) र पूजाथाली सगं दिने
ब्यक्तिले समाई रातो टिका बनाई ( नयाँ दहि बात फूलको सहायताले केहि दहि लिई पूजाथालीमा राखी
अबिर र अक्षेता संग मुछि ) सगं लिने
ब्यक्तिलाई जमीनमा तिन चोटी ( कुल देबता, इष्ट देबता र स्थान देबतालाई सम्झी ) र कोथाको सिलिंगमा ( गृह लक्ष्मी सम्झी ) एक चोटी पूजा गर्न दिई, निधारमा रातो टिका लगाई दिई
लुगा/कपडा, एउटा सिङ्गो सुपारी र
सिक्का(पैसा) सगुन स्वरुप दिईन्छ । सगं पाउने ब्यक्तिले आफुले पाएको सगं धोगी भूइँमा राखि
मान्यवरहरुको पाउ धोगी आर्शिवाद ग्रहण गर्दछ । यसरी धौ सगं दिने
कार्य सकिन्छ ।
ख्येँ सगं
ख्येँसगं दिंदा एक हातमा सिंगो
पकाएको अण्डा (ख्येँ ) , सिंगै तारेको सानो माछा (न्यां), सानो टुक्रा भुटेको मासु (ला) , पाटोलो पारी काटी तारेको
अदुवा (पालु ) लाई वः माथी राखी अर्को
हातमा सानो बटुको(खोल्चा)मा रक्सि राखि दिईन्छ । सगं पाउनेले सबै मान्यवर संग पाउ धोगी आर्शिवाद लिई र्सव प्रथम अण्डा , दोस्रो पल्ट माछा , त्यस पछि मासु अनि अदुवा र
अन्त्यमा वः सहित सबै क्रमै संग खांदै जानु पर्दछ । त्यस्तै यी प्रत्येक पटक संग
खोल्चा वाट रक्सिको सानो घुट्को लिनु अनिवार्य छ । ( वः भन्नाले मास वा मुगीको
गेडा लाई जाँटोले आधा पारी, एक रात पानिमा भिजाई, बोक्रा छोर्डाई, खलमा पिसी, लेदो बनाई, सेल झै तेलमा झानेर वा सुक्खा तावामा हल्का आँचमा थोरै तेल
तताई वाटुलो पारी तारेको विशेष प्रकारको परिकार भन्ने जनाउँछ ।) यसरी ख्येँ सगं लिने
दिने कार्य सकिन्छ ।
साधारण तया सगं लिने
दिने कार्य यहि हो । कसै लाई सगं दिनु परेमा यी दुबै सगं ( पहिले धौ
सगं त्यस पछी ख्येँ सगं ) घरको मुलीले नै दिने गरिन्छ
तर कुनै कुनै बेला ख्येँ सगं मात्र पनि दिईन्छ । सगं लिने
दिने कार्य सके पछि त्यहाँ उपस्थित सबै लाई टिका प्रसाद बाँदि दिने चलन पनि छ ।
यहाँ धौ सगं बैष्णब मान्यताको आधारमा र ख्येँ सगं शाक्त तान्त्रिक अवधारणामा आधारित छ ।
यी त भए सगं दिने
तरिका । अब यो परम्परा हामीले किन मनाउँछौं त भन्नेबारे जानौं । कुनै पनि परम्परा
किन हामी मनाउँछौं ? भन्ने
साधारण ज्ञान हामीमा हुनु जरुरी छ । यदि सो कार्य हामीले किन गरि राखेको छौं त
भन्ने कुरा थाहा छैन भने सो परम्परा त्यसै लोप भएर जाने कुरामा कुनै शंकै छैन ।
त्यसैले परम्पराहरु जोगाउन किन मनाउँछौं ? भन्ने जानकारी साधारणतया सबैले राख्नु जरुरी छ । साथै
परम्परा मनाउनुको कारण थाहा पाएर मनाउनु अझै रमाईलो हुन्छ र आफ्नो जातिय स्वाभिमान
प्रति गर्व गर्ने ठाउँ पनि रहन्छ ।
तान्त्रिक मत अनुसार हाम्रो
शरीर पञ्चतत्ववाट बनेको छ । पञ्चतत्व भन्नाले पृथ्बी, जल, ताप, वायु र आकाश हो । हाम्रो
शरीरमा भएको मासु, हड्डी
इत्यादी कदा पदार्थ मान्छे मरेर गएपछी माटोमा गाडे माटो नै भैजाने र जलाए पनि
खरानी बनी माटो मै मिली जाने भएकोले यी पदार्थलाई पृथ्बी तत्वको रुपमा लिईन्छ ।
रगत, पसिना
इत्यादी रसिलो पदार्थलाई जल तत्वको रुपमा लिईन्छ । त्यस्तै तातो भागलाई ताप तत्व, शरीर भित्र रहेको हावा
श्वाशलाई वायु तत्व र शरीर भित्र रहेको शुन्य (खाली) भागलाई आकाश तत्वको रुपमा लिईन्छ । यी पञ्चतत्वमा कुनै
किसिमको पनि थपघट हुने बितिक्कै हाम्रो शरीरमा बिकार उत्पन्न भै रोग ब्याधि लाग्ने
र स्फूर्ति घट्ने सम्भावना रहन्छ, त्यसैले हाम्रो शरीरमा पञ्चतत्वको उचित संयोजन हुनु अति नै
आवश्यक छ ।
अण्डा पंक्षिले दिन्छ ।
पंक्षि आकाशमा उड्ने भएकोले अण्डालाई आकाशतत्वको प्रतिक, माछा समुन्द्रमा पाईने
भएकोले जलतत्वको प्रतिक, मासु
जमीनमा बिचरण गर्ने प्राणीको भएकोले पृथ्बी तत्वको प्रतिक, अदुवा वा रक्सि खाँदा
शरीरमा ताप बढ्ने भएकोले तापतत्वको प्रतिक र वः जमीन माथी वायुमा झुल्दै फल्ने मास
अथवा मुगीवाट वन्ने भएकोले यस्लाई वायुतत्वको प्रतिकको रुपमा लिईन्छ । त्यसैले
पञ्चतत्व युक्त ख्येँ सगं खांदा शरीरमा पञ्चतत्वको उचित
संयोजन हुने र कुनै तत्व नपुग भए यस्ले परीपुर्ती गरी दिने, रोग ब्याधी हट्ने र शरीरमा
स्फुर्ति वढि नयाँ काम गर्न नयाँ जोश र जांगर आउने हामीमा विश्वास छ ।
त्यस्तै कुलार्णव-तन्त्रको अवधारणा अनुसार
ख्येँ सगं लाई पञ्च-म-कार मद्य, मांस, मीन, मुद्रा र मैथुनको रुपमा पनि
लिईन्छ । ( मद्य-रक्सि, मांस-मासु, मीन-माछा, मुद्रा-वः र मैथुन-अण्डा ) ।
त्यस्तै अर्को तर्क अनुसार
ख्येँ सगं दिंदा ख्येँ सगं लिने ब्यक्ति जहाँ गए पनि
तिम्रो विजय होस् भन्ने आर्शिवाद सहित दिईन्छ । जस्तै :- अण्डा खाएमा - आकाशमा, माछा खाएमा - सागर भित्र, मासु खाएमा - जमीनभरमा, अदुवा खाएमा - ( अदुवा जमीन मुनी फल्ने
भएकोले ) जमीन
मुनी गए पनि र वः खाएमा - ( वः जमीन
माथी वायुमा झुल्दै फल्ने मास अथवा मुगीवाट वन्ने भएकोले) जमीनको माथी पनि यसरी
पृथ्वीको सवै भागको प्रतिनिधीत्व गर्राई यी सबै ठाउँहरुमा तिम्रो विजय होस् वा यी ठाउँहरु जहाँ गए
पनि तिम्रो रक्षा होस् वा यी सबै ठाउँहरुमा तिम्रो किर्ति फैलियोस् भनि आर्शिबाद
दिएको वुझिन्छ । त्यस्तै यी सबै ताजा खाद्य संगसंगै रक्सि पनि खानुको मतलव ताजा
देखि एकदमै पुरानो बासी (रक्सि) खाद्य पदार्थ खाँदा पनि
तिम्रो शरीर लाई केहि नहोस् भन्ने तर्क पनि लगाउन सकिन्छ । त्यस्तै शाकाहारको दुइ
परिकार अदुवा र वः, मांसहारको
दुइ परिकार मासु र माछा अनि शाकाहार होकी मांसहार को एक परिकार अण्डा रहेको उचित संमिश्रणको
यो ख्येँ सगँले जस्तो सुकै खाद्य पदार्थ लाई पनि शरीरले पचाउन सकोस् भन्ने
अभिप्राय पनि राख्दछ ।
चाहे जुनसुकै तर्क होस्
नेवार समाजमा सगं लिनेदिने परम्परा अद्यापी प्रचलनमा रहेकै छ
। यो हाम्रो संस्कृति हो र यस्लाई कालान्तर सम्म पनि संरक्षण गरी राख्नु हामी
सबैको कर्तब्य नै हो ।
म्हः पूजा नेपाल संवत
अनुसार पहिलो दिन हो । यस दिन देखि नयाँ कार्यको थालनीको साथसाथै नयाँ आर्थिक बर्ष
पनि सुरु हुने हुनाले आउँदो वर्षको ब्यवसाय वा घर संचालन राम्रो संग गर्न सकोस
भनेर यी दुबै सगं - धौ सगं र ख्यँ (सगं ) घरको मुलीले घरको सम्पूर्ण
सदस्यलाई दिने चलन नेवार समाजमा रहँदै आएको छ । त्यस्तै बैशाख कृष्ण औंशी ( मातातिर्थ औंशी ) आमाको मुख हेर्ने दिन र
भाद्र कृष्ण औंशी ( कुशे
औंशी ) बाको मुख
हेर्ने दिन आ-आफ्नो छोराछोरीहरुको हात
वाट, भाईपूजाको
दिन दिदीबहिनीहरुको हात वाट दाईभाईले र जन्मोत्सव, विवाह, ब्रतवन्ध आदी इत्यादी शुभोत्सवहरुको दिन पनि सगं लिने परम्परा छ । अझ कसैको अकस्मात ज्यान जोखिममा परी या कोही भयानक
दुर्घटना वाट बचे उस्लाई पुनर्जन्म पाएको उपलक्ष्यमा पनि सगं दिने
परम्परा नेवार समाजमा रहँदै आएको छ ।
स्मरण रहोस्की नेपाल संवत
अनुसार वर्षको अन्तिम दिन लक्ष्मी पूजाको दिन हो । नेपाल संवत खारेज गरी बिक्रम
संवत लाड्नु अघि सम्म पनि यस् दिन नेपालमा ब्यापार ब्यवसाय वा घरको बाषिर्क
आम्दानी खर्चको हर-हिसाव र साल तमामी गरी
धुकुतीमा राखी, लक्ष्मी
पूजा गरी, अर्को
वर्षको लागी चाहीने पैसाको बन्दोबस्त गर्ने परम्परा थियो ।
(👉 लण्डन बात प्रकाशित "मतिना" त्रैमासिक पत्रिकामा बर्ष २ अंक ५ नेपाल संवत् ११२८ सिल्लाथ्व /बि.सं २०६४ मार्ग/ 2008 February मा प्रकाशित )
नेपाल भाषा
|
खस भाषा
|
ENGLISH
|
पञ्च
म
कार
|
वर्ग
|
स्थान
|
पञ्चतत्व
| ||
ला
|
मासु
|
meat
|
nonveg.
|
मांस
|
जनावर
|
ताजा
|
जमीन
|
पृथ्वी
|
न्याँ
|
माछा
|
fish
|
मीन
|
माछा
|
पानी
|
जल
| ||
ख्येँ
|
अण्डा
|
egg
|
<
|
मैथुन
|
पंक्षी
|
आकाश
|
आकाश
| |
पालु
|
अदुवा
|
ginger
|
veg.
|
कण्डमुल
|
जमीन मुनी
|
ताप
(तेज)
| ||
वः
|
वः
|
woh:
|
मुद्रा
|
विरुवा
|
जमीन माथी
|
वायु
| ||
अयेला
|
रक्सि
|
wine
|
मद्यः
|
वासी
| ताप (तेज) |
Subscribe to:
Posts (Atom)