Search This Blog

Thursday, February 5, 2015

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली


  • नमस्कार !! ओहो पासा पो आउनु भएको रहेछ आउनुहोस् न बसौं ।
  • क्या हो आज त हँ ? बेफुर्सद जस्तो छ नि ?
  • हजुर अलि ब्यस्तै छु भन्नु पर्यो । आज साउने संक्रान्ति लुटो फाल्ने दिन भनेर पासालाइ थाहा छैन र ??
  • के खा'र थाहा हुनु नि ?? आफुले मनाउनु पर्ने भए पो
  • लौ आफुले नमनाउने भएपछि नेपाली चाड नै बिर्सिदिने ? यो त भएन नि पासा :(
  • लौ हँसायो यो मान्छेले :D "लुतो फाल्ने"लाइ त नेपाली चाद रे :O नेपाली चाद भनेको त दशैं, तिहार, घोदेजात्रा, गाइजात्रा, इन्द्रजात्रा आदि इत्यादि हामीले मनाउने चादहरु पो त यो कहाँ न कहाँको लुतोसुतो फाल्ने...
  • धत् के भनेको त्यस्तो ??? कस्तो संकिर्ण मान्छे रहेछ यो पासा त । :(  नेपाल भित्र मनाउने सबै चाडपर्वहरु नेपाली चाड भनेर नि तिमीलाइ थाहा छैन ?? तिमीहरुले मनाउने चाड मात्रै नेपाली चाड अरु गैहृ नेपाली चाड त होइन नि पासा । "सयौं थुंगा फूलका हामी एउटै माला नेपाली" । तिमी हामी सबैले मनाउने चाडपर्वहरुलाइ नै नेपाली चाडपर्व भनेर बुझ्नु पर्यो नि पासा
  • ए कुरा त्यस्तो पो । लु त्येसो भे भनत तिम्रो मातृ भाषा के हो ??
  • "नेपाली भाषा" नि अरु के हुनु
  • मात्र "नेपाली" ??
  • अँ मात्र "नेपाली" ... मातृ भाषा भनेको एउटै त हुन्छ नि....
  • नेपाली मात्र भनेर त काँ हुन्छ ?? लु त्यसो भे मेरो मातृ भाषा नि "नेपाली भाषा"  लज्जा :P
  • हे हे हे पासाले नि हँसाउँछ सार्है :D । तिम्रो मातृ भाषा त "नेवारी" होइन ??
  • >:( ...
  • ए ए सरी "नेवारी" होइन "नेपाल भाषा" लु अव त भो ??
  • भएन कसरी हुनु "नेपाली" नै हो
  • कसरी "नेपाली" हुन्छ ?? ए बा बा !! :O
  • नेपाल भित्र बोलिने सबै मातृ भाषा "नेपाली" हो नि । तिम्रो भाषा मात्रै "नेपाली" हो र ???? मेरो भाषा पनि त "नेपाली" हो नि । तिमीले त आफ्नो मातृ भाषाको नाम समेत लुतो फाले जस्तै फालि सक्या रहेछ  :P । तिम्रो मातृ भाषा "खस नेपाली भाषा" मेरो मातृ भाषा  "नेवार नेपाली भाषा" । 
         हामी सबै नेपाली हाम्रो भाषा सबै नेपाली
       "सयौं थुंगा फूलका हामी एउटै माला नेपाली"  :D

1 comment: