Search This Blog

Tuesday, April 10, 2012

श्री भैरबनाथनाथ र बिस्केत जात्रा

भक्तपुरको बिस्केतजात्रा संग सम्वन्धित एउटा किम्वदन्ति
कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । त्यो बेला संसारमा कहिं नभएको अद्भुत लिङ्गो उभ्याउने जात्रा बिस्केत जात्रा भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि हुन्छ भन्ने खवर पाइ काशिका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिइ यस्तो अद्भुत जात्रा हेर्न भनि भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा अजङ्गको लामो काठको लिङ्गोलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा डोरीले आठकुनावाट असंख्य मानिसहरुले होस्ते हैंस्से गरी तानि उभ्याए । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो । जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्नमै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो ।