Search This Blog

Tuesday, September 27, 2011

ब्रिफकेश


ब्रिफकेश लुछियो । च्यातियो । ब्रिफकेश हैन इज्जतै लुछिएको महशुस भो । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा देशकै बदनाम भो । जसरी द्रोपदीलाइ राज्य सभामा आफ्नो वस्त्र लुछिंदा शर्मले मुख लुकाउनै ठाउँ नपाएको थियो त्यस्तै भएको थ्यो त्यो दिन
त्यो दृष्य हेर्न बसेका आम नेपालीहरुलाइ । सरकारलाइ पनि शर्म भो र त्यसैले लाज देखाउन सबैलाई बदनामी पार्ने त्यो ब्रिफकेशलाइ सरकारले संग्राहलयमा नै राख्ने निर्णय गरीयो । सबैतिरवाट कारवाहिको माग भो । जोडदार जुलुश, आन्दोलन चर्कियो । अन्ततः उच्चस्तरीय छानविन आयोग बन्यो । छानबिन सुरु भो । महीनौ महीनौ बित्यो । छानबिन आयोगको तलब भत्तामा राज्य कोषवाट लाखौं खर्च भो । अन्ततः कारवाहीको प्रकीया अगाडी वध्यो ।
गुणस्तरहिन ब्रिफकेश बनाएर सामान्य झडपमै विना औजार च्यातिने ब्रिफकेश उत्पादन गर्ने विदेशी उद्योग, त्यस्तो ब्रिफकेश बेच्ने काजि खिचापोखरीका ब्यापारी श्री रामकृष्ण अनि किन्ने अर्थ मन्त्रालयको पिउन श्री कृष्णराम र यो पसलमा किन्न सल्लाह दिने धार्दिङ्गका कृष्ण सुन्दरलाइ विगो वमोजिम हदै सम्म कारवाहि गर्नु पर्ने ठहर गर्दै यो आयोग नेपाल सरकारलाइ यथासिघ्र कारवाहीको प्रकिया अघि वढाउन सिफारिस गर्दछ ।


कुलेश्वर आवास क्षेत्र
binayab5@yahoo.com
for play this story click play  ► button

No comments:

Post a Comment