भक्तपुरको बिस्केतजात्रा संग सम्वन्धित एउटा किम्वदन्ति
कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । त्यो बेला संसारमा कहिं नभएको अद्भुत लिङ्गो उभ्याउने जात्रा बिस्केत जात्रा भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि हुन्छ भन्ने खवर पाइ काशिका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिइ यस्तो अद्भुत जात्रा हेर्न भनि भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा अजङ्गको लामो काठको लिङ्गोलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा डोरीले आठकुनावाट असंख्य मानिसहरुले होस्ते हैंस्से गरी तानि उभ्याए । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो । जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्नमै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो ।
तान्त्रिकले भैरबनाथलाइ पछ्याउनुको खास कारण यो थियो कि सो नौलो मानिस (श्री भैरवनाथ) जात्राको हुलमा अन्य आम मानिस भन्दा अग्लो थियो । उस्को टाउको उस्को अग्लाइको कारण हुलमा अरुको भन्दा माथि उठेको थियो । यस्ले गर्दा परैवाट उस्लाइ मजाले देख्न सकिन्थ्यो । उस्मा एक किसिमको आकर्षण पनि थियो । को रहेछ त यो आकर्षक ब्यक्तित्व ? भनि कौतुहलतावश तान्त्रिकले पछ्याउँदै आफ्नो तन्त्रबलले हेरेछ । सो ब्यक्तित्व काशिको श्री भैरवनाथ स्वयं मनुष्य रुप लिई जात्रा हेर्न पाल्नु भएको भन्ने उस्ले भेउ पाएछ । भगवान स्वयं आफ्नो सामु उपस्थित देखी उ खुशि भएछ र मनमनै प्रणाम गरेछ । श्री भैरवनाथलाइ सदा यहिं नै राख्न पाए त एकदमै राम्रो हुन्छ भन्ने मनसायले भैरवनाथलाई आफ्नो तन्त्रबलले वाध्न पछ्याउँदै नै तारण (तान्त्रिक बन्धन) राख्न खोजेछ । जात्रा हेर्नमा मग्न रहेका श्री भैबनाथले यो कुरा चाल पाइ अब यहाँ बसिरहनु उपयुक्त हुँदैन भन्ठानी छिटो छिटो दगुरी जात्रा स्थल यःसिंख्यःवाट बाहिरीएछन् । तान्त्रिक पनि श्री भैरबनाथलाइ पछ्याउँदै आफ्नो तन्त्रबलले बाध्न कोशिस गर्दै गए । यसरी भाग्दै गर्दा दुबै तौमढि टोलमा पुगेछ । आफुमा तान्त्रिकको प्रभाव परेको अनुभव पाइ अब छिटो छिटो दगुरी मात्र नहुने भो तत्काल जमिनमुनि वाटै पाटाल मार्ग वाट भागी सुइकुच्चा ठोक्नु पर्ने अवस्था आयो भन्ने मनशाय लिइ श्री भैरबनाथ त्यहिं भास्सिन थाल्नुभएछ । यस्तो दृष्य देखि तान्त्रिकले हठात् आफनो तान्त्रिक बलको भरपुर प्रयोग गरी श्री भैरबनाथलाई जसरी भए पनि समात्न खोज्ने मनस्थितिमा पुगेछ र सोहि अनुसार गरेछ पनि । त्यस बेला तान्त्रिक जसरी’नि समाउन खोज्ने श्री भैरबनाथ जसरी’नि जमिनमै धस्सीएर भएपनि भाग्न खोज्ने अवस्था आएछ त्यहाँ । जस्को फलस्वरुप तान्त्रिकको हातमा श्री भैरबनाथको टाउको मात्र परेछ भने त्यो भन्दा तलको भाग जमिन मुनिबाट भाग्न सफल भएछ । यस्प्रकार उस्को हातमा यहाँ श्री भैरबनाथको शिरमात्र परेछ । यहि श्री भैरबनाथको टाउको नै यहाँ तौमढि स्थित न्यातापोल मन्दिर नजिक अवस्थित तिन तल्ले भैरवनाथको प्यागोडा शैलिको मन्दिरमा बिराजमान गराई स्थापना गराइएको छ । भनिन्छ,काशि स्थित श्री बिश्वनाथको शिर श्री भैरबनाथको रुपमा नेपालमा, काशिमा घाँटिवाट तलको भाग पेट, बक्षस्थल इत्यादि श्री बिश्वनाथको रुपमा छन् भने दक्षिण भारतको त्रिब्यण्डरम्मा त्यो भन्दा तलको भाग अवस्थित छ ।
(नेपाल संवत ११३२ चौलागा तृतीया सन् 2012 April 9 सोमवारको "स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र विचारप्रधान सांस्कृतिक साप्ताहिक पत्रिका" अमलेखमा प्रकाशित लोककथा)कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । त्यो बेला संसारमा कहिं नभएको अद्भुत लिङ्गो उभ्याउने जात्रा बिस्केत जात्रा भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि हुन्छ भन्ने खवर पाइ काशिका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिइ यस्तो अद्भुत जात्रा हेर्न भनि भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा अजङ्गको लामो काठको लिङ्गोलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा डोरीले आठकुनावाट असंख्य मानिसहरुले होस्ते हैंस्से गरी तानि उभ्याए । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो । जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्नमै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो ।
तान्त्रिकले भैरबनाथलाइ पछ्याउनुको खास कारण यो थियो कि सो नौलो मानिस (श्री भैरवनाथ) जात्राको हुलमा अन्य आम मानिस भन्दा अग्लो थियो । उस्को टाउको उस्को अग्लाइको कारण हुलमा अरुको भन्दा माथि उठेको थियो । यस्ले गर्दा परैवाट उस्लाइ मजाले देख्न सकिन्थ्यो । उस्मा एक किसिमको आकर्षण पनि थियो । को रहेछ त यो आकर्षक ब्यक्तित्व ? भनि कौतुहलतावश तान्त्रिकले पछ्याउँदै आफ्नो तन्त्रबलले हेरेछ । सो ब्यक्तित्व काशिको श्री भैरवनाथ स्वयं मनुष्य रुप लिई जात्रा हेर्न पाल्नु भएको भन्ने उस्ले भेउ पाएछ । भगवान स्वयं आफ्नो सामु उपस्थित देखी उ खुशि भएछ र मनमनै प्रणाम गरेछ । श्री भैरवनाथलाइ सदा यहिं नै राख्न पाए त एकदमै राम्रो हुन्छ भन्ने मनसायले भैरवनाथलाई आफ्नो तन्त्रबलले वाध्न पछ्याउँदै नै तारण (तान्त्रिक बन्धन) राख्न खोजेछ । जात्रा हेर्नमा मग्न रहेका श्री भैबनाथले यो कुरा चाल पाइ अब यहाँ बसिरहनु उपयुक्त हुँदैन भन्ठानी छिटो छिटो दगुरी जात्रा स्थल यःसिंख्यःवाट बाहिरीएछन् । तान्त्रिक पनि श्री भैरबनाथलाइ पछ्याउँदै आफ्नो तन्त्रबलले बाध्न कोशिस गर्दै गए । यसरी भाग्दै गर्दा दुबै तौमढि टोलमा पुगेछ । आफुमा तान्त्रिकको प्रभाव परेको अनुभव पाइ अब छिटो छिटो दगुरी मात्र नहुने भो तत्काल जमिनमुनि वाटै पाटाल मार्ग वाट भागी सुइकुच्चा ठोक्नु पर्ने अवस्था आयो भन्ने मनशाय लिइ श्री भैरबनाथ त्यहिं भास्सिन थाल्नुभएछ । यस्तो दृष्य देखि तान्त्रिकले हठात् आफनो तान्त्रिक बलको भरपुर प्रयोग गरी श्री भैरबनाथलाई जसरी भए पनि समात्न खोज्ने मनस्थितिमा पुगेछ र सोहि अनुसार गरेछ पनि । त्यस बेला तान्त्रिक जसरी’नि समाउन खोज्ने श्री भैरबनाथ जसरी’नि जमिनमै धस्सीएर भएपनि भाग्न खोज्ने अवस्था आएछ त्यहाँ । जस्को फलस्वरुप तान्त्रिकको हातमा श्री भैरबनाथको टाउको मात्र परेछ भने त्यो भन्दा तलको भाग जमिन मुनिबाट भाग्न सफल भएछ । यस्प्रकार उस्को हातमा यहाँ श्री भैरबनाथको शिरमात्र परेछ । यहि श्री भैरबनाथको टाउको नै यहाँ तौमढि स्थित न्यातापोल मन्दिर नजिक अवस्थित तिन तल्ले भैरवनाथको प्यागोडा शैलिको मन्दिरमा बिराजमान गराई स्थापना गराइएको छ । भनिन्छ,काशि स्थित श्री बिश्वनाथको शिर श्री भैरबनाथको रुपमा नेपालमा, काशिमा घाँटिवाट तलको भाग पेट, बक्षस्थल इत्यादि श्री बिश्वनाथको रुपमा छन् भने दक्षिण भारतको त्रिब्यण्डरम्मा त्यो भन्दा तलको भाग अवस्थित छ ।
No comments:
Post a Comment