Search This Blog

Thursday, February 19, 2015

नीलकण्ठको प्रतिक्षा


लघुकथा
परापुर्व कालमा देवता र दानबहरु आगो र पानी जस्तै थिए कहिल्यै नमिल्ने | संधै लडाई मात्र गरि रहने | जस्लेगर्दा जताततै बिनाश मात्र हुन थाल्यो | यसरी लडाई गरेर धेरै नै सत्यानाश भो भन्ने यिनीहरुलाई बिस्तारै हेक्का हुन थालेछ  | यदि हामी सबै मिल्ने हो भने त जुनसुकै असम्भब काम पनि हामी फत्ते गर्न सक्छौं समग्र जगतको नै बृहत्तर बिकास अनि आमुल परिबर्तन गरि समग्र जगतको काँचुली नै हामी फेरिदिन सक्छौं भन्ने यिनीहरुलाइ लाग्न थालेछ |

त्यसपछि यिनीहरु मिल्न थालेछ र पुरानो सब कुरा बिर्सी समग्र जगतको बिकास अनि नयाँ जगत बनाउने भन्ने बारे छलफल गर्न थालेछ | धेरै छलफल, विचार बिमर्स, चिन्तन मनन, मन्थन अनि सबैको माथा पच्चिसी पछि समुन्द्र मन्थन गरेपछि मात्र नयाँ जगत बनाउन सकिन्छ भन्ने कुरामा उनीहरु निस्कर्षमा पुगेछ  | त्यसपछि तिनीहरु निशर्त रुपमा समुन्द्र मन्थन गरेरै छाड्ने भन्ने दृढ संकल्प गरि समुन्द्र मन्थन गर्न तिर लम्केछ | अनि एकातिर पक्ष र अर्कोतिर बिपक्ष बसी समुन्द्रको भरपुर मन्थन गर्न थालेछ | तर अफसोच जतिनै मन्थन गर्दापनि मन्थन स्थल बाट  केहि निस्किएनछ | न अमृत नै निस्केछ  न कुनै सोचे अनुसारको चिज नै निस्केछ | जस्ले गर्दा समय श्रम पसिनाको मात्र बर्बादी भएको भान सबैमा पर्न थालेछ | तरपनि उनीहरु हार नमानी समुन्द्र मन्थन गरिनै रहे समग्र जगतको उज्वल भविष्यको कल्पना गर्दै लगातार समुन्द्र मन्थन गरिनै रहे | अनि अकस्मात् एकदिन बल्ल तल्ल समुन्द्रबाट हो न हो केहि चिज देखिन थालेछ | केहि आउन लाग्यो है भन्दै हौसिंदै सबैले मन्थन जोडतोडले गर्नलागेछ | अनि बिपक्ष मध्ये सबै भन्दा अगाडीकोले त्यो के हो त भनि राम्ररी नियाली हेरेछ |
"लौ बर्बाद यो त हलाहल कालकुट बिष पो हो त यो त | यो निस्कियो भनेत समग्र जगतै ध्वस्त हुन्छ | अनर्थ पो हुन लाग्यो |" भन्दै उ काम रोक्दै जोड जोडले कराउन थालेछ
"रोक.. ! रोक.... !! मन्थन रोक......!!!! | यो त कालकुट बिष हो | रोक.. ! रोक.... !!"
पक्षले भन्न थालेछ "रोक्नु हुँदैन बिष आएनी अमृत आएनी मन्थन चाइं रोक्नु हुँदैन सबकुरा निकाल्नु पर्छ |" पक्षले मन्थन जारि नै राखे | तब बिपक्षहरु त्राहिमाम त्राहिमाम गर्दै कोलाहल गर्दै समुन्द्र मन्थन छाडी भाग्न थालेछ...................

परापुर्ब कालको सत्ययुगको यो कथा अहिले कलियुगमा फेरी दोहारिएको छ | सबैलाई थाहा छ कि त्यो कालकुट बिष सेवन गरि यो जगतको उद्वार गर्न सक्ने क्षमता देवादिदेब निलकण्ठ महादेवमा मात्र छ | थाह छैन कहिले कुन अनुहारमा त्यो मन्थन स्थलमा अवतरित हुने हो निलकण्ठ महादेव | हामी सबै उनैको प्रतिक्षामा छौँ | कथाले सुगमता पाओस भन्ने कामना गर्दै ....... जय शिव सम्भो                                                                   

 - विनय राजोपाध्याय, कुलेश्वर
 शिवरात्री २०७१ मध्यरात १२ बजे

No comments:

Post a Comment