Search This Blog

Wednesday, February 15, 2017

हा.. हा.. हा.. हा… जिन्दगी   



जिन्दगी जिन्दगी छताछुल्ल जिन्दगी
जिन्दगी जिन्दगी भताभुङ्ग जिन्दगी

सुर ताल
धर्ति मुनि पाताल
बन्द हडताल
भोकाएको कङ्काल
हा.. हा.. हा.. हा… जिन्दगी

दिन रात
जीवन बरबाद
बिद्रोह मारकात
रहस्यमय बात
मृतात्माको हात
हा.. हा.. हा.. हा… जिन्दगी


टाई सुट
टलक्क छालाको बुंट
हेर्नलाई छुट
नजरको लुट
यहाँ एउटा भूत
हा.. हा.. हा.. हा… जिन्दगी

रम्दै झुम्दै
प्यालाहरु घुम्दै
मायामा डुब्दै
अंगालोमा भुल्दैछ
किच्कन्याले चुम्दैछ
हा.. हा.. हा.. हा… जिन्दगी
(आज भन्दा ८ - ९ वर्ष जति अगाडि मैले "गथांमुगः" फिल्मको स्कृप्ट लेख्दा खेरी फिल्मलाइ सुहाउँदो पारामा लेखिएको हरर गीत हो यो "हा.. हा.. हा.. हा… जिन्दगी   ")
l

Saturday, February 21, 2015

मातृभाषा दिवश



लघुकथा-
- रेडियो / एफ् एम् खोल्छु पचासौं स्टेसन घुमाउँछु कहिं कतै आफ्नो भााषामा कार्यक्रम बजेको मैले पाउँदिन ।
- टिभी खोल्छु सयौं च्यानल फेर्छु तर त्यहाँ नि कहिं आफ्नो भााषामा कार्यक्रम आएकोे मैले पाउँदिन ।
बरु बिदेशी (हिन्दी) भाषामा यथेस्थ गीत/कार्यक्रमहरु वजेको/आएको भेट्याउँछु तर स्वदेशमै वसेर पनि, देशकै मुटुमै बसेर पनि आफ्नो भाषामा भेट्याउदीन मैले ।

Thursday, February 19, 2015

नीलकण्ठको प्रतिक्षा


लघुकथा
परापुर्व कालमा देवता र दानबहरु आगो र पानी जस्तै थिए कहिल्यै नमिल्ने | संधै लडाई मात्र गरि रहने | जस्लेगर्दा जताततै बिनाश मात्र हुन थाल्यो | यसरी लडाई गरेर धेरै नै सत्यानाश भो भन्ने यिनीहरुलाई बिस्तारै हेक्का हुन थालेछ  | यदि हामी सबै मिल्ने हो भने त जुनसुकै असम्भब काम पनि हामी फत्ते गर्न सक्छौं समग्र जगतको नै बृहत्तर बिकास अनि आमुल परिबर्तन गरि समग्र जगतको काँचुली नै हामी फेरिदिन सक्छौं भन्ने यिनीहरुलाइ लाग्न थालेछ |

Thursday, February 5, 2015

सयौं थुंगा फूलका हामी एउटै माला नेपाली


  • नमस्कार !! ओहो पासा पो आउनु भएको रहेछ आउनुहोस् न बसौं ।
  • क्या हो आज त हँ ? बेफुर्सद जस्तो छ नि ?
  • हजुर अलि ब्यस्तै छु भन्नु पर्यो । आज साउने संक्रान्ति लुटो फाल्ने दिन भनेर पासालाइ थाहा छैन र ??
  • के खा'र थाहा हुनु नि ?? आफुले मनाउनु पर्ने भए पो

Monday, December 3, 2012

एकादेशको कथा

              एकादेशमा एक जना व्राह्मण थिए । उनी भक्तपुर शहरको टौमढी टोलमा वस्दथ्यो । उनी कला कौशलले भरीपूर्ण देश भक्तपुरको राज गुरु पनि थिए । उनी दिनहुँ विहान सबेरै उठी घर छेवैको इनारमा गई आफ्नोतन्त्र शक्तिले भारतको वाराणशीमा रहेको काशी पुगी त्यहाँ रहेको अरुण र बरुण नदिको संगममा स्नान गरी त्यहीं नजिकको भैरवनाथको दर्शन गरि तुरन्तै भिजेको धोति निचोर्दै आफ्नो घर भक्तपुरको टौमढी टोलमा फर्कन्थे । त्यसपछी उनी क्रमशः पूजाकोठामा, आँगन घरमा र विभिन्न मठ मन्दिरहरुमा गई नित्य पूजाहरु गर्दथे । यस विभिन्न मठ मन्दिरहरुमा साधारण पूजाहरु देखि लिएर तान्त्रोक्त विधिले समेत पूजाहरु नित्य उनी आफैले गर्नु पर्ने भएकोले उनलाई भ्याई नभ्याई हुन्थ्यो । त्यसैले उनले आफुले जानेको तन्त्रविद्यालाई आफ्ना योग्य आज्ञाकारी शिष्य यजमानहरुलाई पनि सिकाई राखेको थियो जस्ले गर्दा आफु जान नसकेको ठाउँहरुमा ती तान्त्रिक चेला ( आचाजु ) हरुलाई पठाई गरीनु पर्ने नित्य पूजाहरु नित्य अविछिन्न गर्ने व्यवस्था पनि उनले मिलाई राखेको थियो । त्यस्तै उनको यजमानहरु पनि देशको राजा देखि लिएर देश देशावरमा रहेको सर्वसाधारण सम्म पनि थियो त्यसैले उनी यजमानहरु कहाँ वेला वेलामा कर्मकाण्ड तथा धार्मिक अनुष्ठानहरु गराउनुको लागी जानु पनि पर्दथ्यो । त्यस्तै विहान नित्य पूजा गरेको मठ मन्दिरहरुमा साँझको आरती पनि गर्नु पर्ने हुँदा उनलाइ यसो गर्दा गर्दै उस्को रात पनि परी सक्दथ्यो । यसरी नै उनको दिन चर्या वित्दै थियो ।

Tuesday, April 10, 2012

श्री भैरबनाथनाथ र बिस्केत जात्रा

भक्तपुरको बिस्केतजात्रा संग सम्वन्धित एउटा किम्वदन्ति
कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । त्यो बेला संसारमा कहिं नभएको अद्भुत लिङ्गो उभ्याउने जात्रा बिस्केत जात्रा भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि हुन्छ भन्ने खवर पाइ काशिका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिइ यस्तो अद्भुत जात्रा हेर्न भनि भक्तपुरको यःसिंख्यःमा आइपुगे । सो दिन जात्रामा अजङ्गको लामो काठको लिङ्गोलाई अष्टमातृकाको प्रतीक स्वरुप आठवटा मोटा डोरीले आठकुनावाट असंख्य मानिसहरुले होस्ते हैंस्से गरी तानि उभ्याए । यःसिंख्यःमा जात्राको कार्यक्रम धुमधाम संग अगाडि वढिरहेको थियो । जात्रा हेर्ने जात्रालुहरुको भिड पनि बाक्लै थियो त्यो ठाउँमा । श्री भैरवनाथ मनुष्यरुपमा जात्रा हेर्नमै मग्न थिए । त्यहि जात्रालुको भिडमा एक जना तान्त्रिक पनि थिए जो श्री भैरवनाथलाई अघिदेखि नै पछ्याई रहेको थियो ।

Tuesday, September 27, 2011

ब्रिफकेश


ब्रिफकेश लुछियो । च्यातियो । ब्रिफकेश हैन इज्जतै लुछिएको महशुस भो । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा देशकै बदनाम भो । जसरी द्रोपदीलाइ राज्य सभामा आफ्नो वस्त्र लुछिंदा शर्मले मुख लुकाउनै ठाउँ नपाएको थियो त्यस्तै भएको थ्यो त्यो दिन